अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टारलाई
बुटवल, १९ चैत । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ ।
मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा आज भएको अन्तिम खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्री–स्टारले सो उपाधि जितेको हो ।
खेल शुरु भएको दोस्रो मिनेटमा नै अग्रता लिए पनि त्यसलाई मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले जोगाउन नसक्दा मनाङ पराजित भयो ।
आजको खेलको दुई मिनेटमा मनाङ–मस्र्याङ्दीका विशाल रानाले र थ्री–स्टारका अनन्त तामाङ र विदेशी खेलाडी मार्टिनले क्रमशः ६९ र ८२ मिनेटमा गोल गरेका थिए । उपाधिसँगै थ्री–स्टारले रु १५ लाख पुरस्कार पाएको छ ।
गोल्डकपको उपाधि जित्न सफल टिमलाई प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार तथा कप प्रदान गर्नुभएको थियो । १५ दिनभित्र बुटवलमा दोस्रो उपाधि जितेको थ्री–स्टारको यो वर्षको यो चौथो उपाधि हो । बुटवलमा उसले १५ दिनअघि गत महिना मात्र तिलोत्तमा गोल्डकपको उपाधि उचालेको थियो ।
उपविजेता मनाङले रु सात लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता टिमलाई पनि मुख्यमन्त्री पोखरेलले पुरस्कार र कप प्रदान गर्नुभएको थियो । प्रतियोगितामा मनाङ–मस्र्याङ्दीका अञ्जन विष्ट सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनले नगद रु ५० हजारसहित पुरस्कार पाएका छन् । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि विष्टले नै जितेका छन् । उहाँले रु १५ हजार नगदसहित पुरस्कार पाएको छ ।
त्यस्तै उत्कृष्ट गोलकिपर मदन भण्डारीका विनायक श्रेष्ठ, उत्कृष्ट गोलरक्षक थ्री–स्टारका विदेशी खेलाडी पिटर, उत्कृष्ट मध्यपंतीमा निराजन खड्का, उत्कृष्ट फर्वाडमा विदेशी खेलाडी मार्टिन र उत्कृष्ट कोचमा मेघराज केसीले पुरस्कार जितेका छन् । प्रत्येकले जनही रु १५÷१५ हजार प्राप्त गरेका छन् ।
यही चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियरुपमा ए डिभिजनका ९ वटा समूह र अन्तर्राष्ट्रियरुपमा मलेसियाबाट एउटा समूह गरी यो खेलमा जम्मा १० समूह सहभागी थिए । रासस
Comments
अरु समाचार
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
वेस्टइन्डिज ‘ए’ले जित्यो टस, नेपालले पायो फिल्डिङको निम्तो
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
-
टी-२० सिरिज अन्तर्गत नेपालले आज वेस्टइन्डिजसँग चौंथो खेल खेल्दै
काठमाडौं । वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौंथो खेल खेल्दैछ । खेल दिउँसो १२ स् १५ मा त्रिवि...
-
आइपीएलः पञ्जाबले चेन्नईमाथि ७ विकेटको सहज जित हात हात पार्यो
काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि ७ विकेटको सहज...
-
राेहितकाे कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टाेलीकाे घाेषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले टिमको घोषणा गरेको हो ।...
-
वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य
काठमाडौं । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि दुई सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ...
-
टस हारेर फिल्डिङ गर्दै नेपाल, दीपेन्द्र सिंहको कप्तानी
काठमाडाैं। पाँच खेलको टी–२० श्रृङ्खला अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...