ताजा समाचार

होसियार ! लुटका निर्माताले छपाएका नक्कली नोट बजारमा भेटिन थाले, फसिएला

काठमाडाैं १४, जेष्ठ । चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्लेले चलचित्रको लागि भन्दै छपाएका नक्कली नोट राजधानीका विभिन्न स्थानमा भेटिन थालेका छन् ।

शुक्रवार मात्र प्रहरीले फर्पिङबाट हजार रुपैयाँको २ थान नक्कली नोट बरामद गरेको छ। नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वाराज पोखरेलले जानकारी दिए। उनले भने, ‘वाग्लेलेको समूहले नै छापेको नोट फर्पिङबाट बरामद भएको हो।’

२ थान नक्कली नोटसहित पक्राउ परेका युवकले बयानमा आफूले वाग्ले समूहकै केटाहारुबाट नोट लिएको बताएका हुन्।

बजारमा अन्य माध्यमबाट पनि नक्कली नोट गएको हुन सक्ने सम्भावना रहेकाले सबैलाई सचेत हुन प्रहरीले आग्रह गरेको छ।

प्रहरीले जेठ २ गते  २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

वाग्लेले बयानमा भने : मलाई केटाहरूले फँसाए

लुट लगायतका चलचित्रका निर्माण समेत रहेका माधव वाग्लेले नक्कली नोट चलचित्रको लागि मात्र छपाएको बयान दिएका छन्। अदालतमा खोट चलनमा म्याद थप गरी महानगरीय बृत महाजगञ्जमा राखिएका वाग्लेले बयानमा भनेका छन्। ‘मैले चलचित्रको लागि मात्र नोट छपाएको हुँ। चलचित्रको लागि छपाएको नोट बजारमा लगेर केटाहरूले मलाई फँसाए।’

२४ वर्षीय महेन्द्र बोगटीले काठमाडौँ महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा दिएको नोट नक्कली रहेको पहिचान भएपछि नक्कली नोटको जालो खुलेको थियो।

अदालतमा दोषी प्रमाणित भए ऐन अनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्ष सजाय हुनसक्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org