ताजा समाचार

‘रेस ३’ ले तोड्यो सुल्तानको रेकर्ड, तीन दिनमै सय करोड

काठमाडाैं ५, असार । बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘रेस ३’ले प्रदर्शनको तीन दिनमा नै १ सय करोड बिजनेसको माइलस्टोन पार गरेको छ । कमजोर समिक्षाको बीच फिल्मले प्रदर्शनको तीन दिनमा १ सय ६ करोड ४७ लाखको बिजनेस गर्न सफल भयो ।

फिल्मले पहिलो दिन २९.१७ करोड दोश्रो दिन ३८.१४ करोड र तेश्रो दिन ३९.१६ करोडको बिजनेस गरेको छ । ‘रेस ३’को बलिउड सहितको विश्वब्यापी कलेक्सन तीन दिनमा १ सय ४८ करोड ६१ लाख पुगेको छ ।

यसैबीच ‘रेस ३’ले सलमान खान स्टारर पछिल्ला तीन रिलिज फिल्मको विकेण्ड रेकर्ड ब्रेक गरेको छ । सुल्तानले तीन दिनमा कमाएको १ सय ५ करोड ५३ लाखको बिजनेसलाई उछिन्दा त्यस पहिले रिलिज ‘प्रेम रतन धन पायो’ (१ सय १.४७ करोड) र बजरंगी भाइजान (१ सय २.६०) करोडको बिजनेस रेकर्ड पनि यो फिल्मले ब्रेक गर्यो ।

सलमानसँगै ज्याक्लिन फर्नाण्डेज, डेजी शाह, अनिल कपुर, बोवी देवल लगायत फिल्ममा लिड रोलमा छन् । फिल्मलाई रेमो डि सौजाले निर्देशन गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org