चिकित्सा शिक्षा विधेयक फिर्ता लिन डा. भट्टराईको सरकारसँग माग, निषेधाज्ञा तोक्नु लोकतन्त्र विरोधी कदम
काठमाडाैं २० असार । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले अगाडि बढाउन खोजिरहेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
यस्तै, उनले सरकारले निषेधाज्ञा जारी गरेको भन्दै आक्रोस पोखे । उनले जनताको शान्तिपूर्वक विरोध गर्न पाउने अधिकारप्रति सरकारले अंकुश लगाउन खोजेको आरोप समेत लगाए । उनले थपे यो समाजवाद माक्सवाद विपरित त छँदैछ, लोकतन्त्रका सामान्य मुल्य मान्यताको पनि विरुद्ध छ त्यसैले यो मान्य छैन।‘
संसदमा समय लिएर बोल्दै भट्टराईले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे ध्यान पुर्याउन समेत सरकारलाई आग्रह गरे।
‘शिक्षा र स्वास्थ्य भनेको कहिल्यै पनि मुनाफाको विषय हुन सक्दैन’, भट्टराईले भने, ‘चिकित्सा शिक्षा विधेयकको मस्यौदा प्रतिगिगमनकारी प्रकारको छ।यसले शिक्षा स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्रमा मात्र छाडेको छैन। शिक्षा र स्वास्थ्य आम जनताको पहुँच बाहिर जाने र केही मुठिभर मान्छेले मात्र यसको व्यापारिकरण गरेर लाभ उठाउने दिशा उन्मुख छ।‘
भट्टराईले साम्यवाद उन्मुख पार्टी सत्तामा रहेका बेला विधेयक रोकिनुको सट्टा प्रश्रय दिइएको भन्दै विरोध जनाए। उनले चिकित्सा र शिक्षा क्षेत्रमा उदारवादको नक्कल गर्दा भित्रिएको विकृतीलाई रोक्नुपर्ने तर्क गरे।
‘विधेयक फिर्ता लिनुपर्छ। यसैका लागि गोविन्द केसीले १५ औँ पटक अनसन बस्दै आइराख्नु भएको छ’, भट्टराईले भने, ‘गम्भीरतापूर्वक लिएर स्वास्थ्य अवस्थाको ध्यान दिनुपर्छ।‘
Comments
अरु समाचार
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
जुम्लाका दुई पाटनमा चट्याङ पर्दा ७५ भेडा मरे
काठमाडौं। जुम्लाका छुट्टा छुट्टै पाटनमा एकैदिन परेको चट्याङमा परी ७५ भन्दाबढी भेडा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिको चेप्टे पाटन...
-
कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ गते विश्वासको मत लिने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते सोमबार दोस्रो पटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री...
-
बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा, बाँकीमा मध्यम
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...
-
कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षा
काठमाडौँ । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...