ताजा समाचार

चिकित्सा शिक्षा विधेयक फिर्ता लिन डा. भट्टराईको सरकारसँग माग, निषेधाज्ञा तोक्नु लोकतन्त्र विरोधी कदम

काठमाडाैं २० असार । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले अगाडि बढाउन खोजिरहेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

यस्तै, उनले सरकारले निषेधाज्ञा जारी गरेको भन्दै आक्रोस पोखे । उनले जनताको शान्तिपूर्वक विरोध गर्न पाउने अधिकारप्रति सरकारले अंकुश लगाउन खोजेको आरोप समेत लगाए । उनले थपे यो समाजवाद माक्सवाद विपरित त छँदैछ, लोकतन्त्रका सामान्य मुल्य मान्यताको पनि विरुद्ध छ त्यसैले यो मान्य छैन।‘

संसदमा समय लिएर बोल्दै भट्टराईले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे ध्यान पुर्‍याउन समेत सरकारलाई आग्रह गरे।

‘शिक्षा र स्वास्थ्य भनेको कहिल्यै पनि मुनाफाको विषय हुन सक्दैन’, भट्टराईले भने, ‘चिकित्सा शिक्षा विधेयकको मस्यौदा प्रतिगिगमनकारी प्रकारको छ।यसले शिक्षा स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्रमा मात्र छाडेको छैन। शिक्षा र स्वास्थ्य आम जनताको पहुँच बाहिर जाने र केही मुठिभर मान्छेले मात्र यसको व्यापारिकरण गरेर लाभ उठाउने दिशा उन्मुख छ।‘

भट्टराईले साम्यवाद उन्मुख पार्टी सत्तामा रहेका बेला विधेयक रोकिनुको सट्टा प्रश्रय दिइएको भन्दै विरोध जनाए। उनले चिकित्सा र शिक्षा क्षेत्रमा उदारवादको नक्कल गर्दा भित्रिएको विकृतीलाई रोक्नुपर्ने तर्क गरे।

‘विधेयक फिर्ता लिनुपर्छ। यसैका लागि गोविन्द केसीले १५ औँ पटक अनसन बस्दै आइराख्नु भएको छ’, भट्टराईले भने, ‘गम्भीरतापूर्वक लिएर स्वास्थ्य अवस्थाको ध्यान दिनुपर्छ।‘

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org