एउटा बिभत्स घटना: सामूहिक बालात्कारपछि युवतीको हत्या गर्ने सार्वजनिक
कैलाली, २२ असार । कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटीलाई सार्वजनिक गरिएको हो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विनोद घिमिरेले युवतीको सामूहिक बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिए ।
असार १२ गतेदेखि हराइरहेकी विकलाई उनका आफन्त र प्रहरीको प्रयासमा खोजतलास गर्दा चपरथली सामुदायिक वन क्षेत्रमा तीनदिनपछि मृत फेला पारिएको हो ।
“तीनजनाले पालैपालो करणी गरिसकेपछि चौथोले करणी गर्दैगर्दा उनले प्राण त्याग गरेको अनुसन्धानबाट खुलेको देखिन्छ,” प्रहरी उपरीक्षक घिमिरेले भने – “घटनाअघि असार ८ गते मुख्य योजनाकार गणेश बडुवालले युवतीसँग यौन सम्बन्ध राख्ने प्रस्ताव गरेकामा युवतीले अस्वीकार गरेकी थिइन् ।”
दुई हात बाँधिएको, मुखमा कपडाले बाँधिएको र निवस्त्र अवस्थामा युवतीको शव फेला परेको हो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकको साइकल र एक थान मोबाइल बरामद गरेको छ ।
यस्तै, पत्रकार सम्मेलनमा पूर्व प्रेमीसँग मिलेर श्रीमान्को हत्यामा संलग्न कञ्चनपुर पुनर्वास नगरपालिका–२ की २२ वर्षीया लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिका–१० का दीपक खत्रीलाई पनि सार्वजनिक गरिएको छ ।
कैलाली गोदावरी नगरपालिका–११ माइतीघर भएकी लक्ष्मीलाई घर ल्याउन भनी गएका निजका श्रीमान् तेजबहादुर विष्ट उतैबाट बेपत्ता भएकामा घटनाको अनुसन्धानका क्रममा श्रीमती लक्ष्मी र उनका प्रेमी खत्रीले धनगढी–डडेल्धुरा राजमार्गको भासुको भिरमा विष्टलाई पु¥याई कुटपिट गरी भिरबाट खसालेर हत्या गरेको पत्ता लागेको जनाइएको छ ।
मृतकको शव र उनले प्रयोग गरेको मोटरसाइकल असार १२ गते भिरमा फेला परेको थियो ।
यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुर गाउँमा दुईदिनअघि आफ्नै श्रीमती गर्भी चौधरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ परेका उनका श्रीमान् इन्द्रबहादुर चौधरीलाई पनि सार्वजनिक गरिएको छ ।
Comments
अरु समाचार
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...
-
२ सय ३५ किलो गाँजासहितको बोलेरो नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाबाट गाडिसहित २३५ किलो गाजा नियन्त्रणमा लिएको छ। गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा...
-
खोलाले बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको...
-
राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी
काठमाडौं । राप्तीमा बेपत्ता भएका दुई युवकको अवस्था अझै अज्ञात छ । शुक्रबारदेखि नदीमा बेपत्ता उनीहरू आजसम्म नभेटिएका जिल्ला प्रहरी...
-
बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १० को भैसाखोरीमा गए राति बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।...