वयस्क जंफेलागली हात्ती मृत फेला
भद्रपुर ३, साउन । बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनभित्र वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।
सड्न लागेको अवस्थामा फेला परेको भाले हात्तीलाई जिल्ला वन कार्यालय झापाको टोली, मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गएको टोली र स्थानीयवासीको रोहबरमा आज मुचुल्का तयार गरी खाल्टोमा पुरिएको छ ।
बुधबार दिउँसो घाँस दाउरा गर्न सामुदायिक वन पुगेका स्थानीयवासीले दुर्गन्ध आएपछि खोज्दा मरेको हात्ती फेला परेको थियो । उनीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अनिरुद्धप्रसाद साहका अनुसार मरेको हात्तीको दाह्रा र दाँत दुवै निकालिएको अवस्थामा छ । मृत हात्तीको उमेर करीब ४५ वर्ष रहेको बताइएको छ ।
हात्तीलाई कसैले मारेको हो कि आफैँ मरेको हो भन्ने विषयमा वन कार्यालय र प्रहरीले अनुसन्धान गरिरहेको सहायक वन अधिकृत साहले बताए।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम सुरु
काठमाडौं । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुयाउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ...
-
दमकस्थित लाइफलाइन अस्पतालको भवनमा आगलागी
२८ चैत, दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल...
-
सुहाङले इलाम-२ मा ५ हजार मत अन्तरले जित्ने दावी
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता हिक्मत कार्कीले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्बाङले करिव ४ देखि...
-
खोटाङमा सञ्चालित बृहत् स्वास्थ्य शिविरबाट छ हजार लाभान्वित
काठमाडौं । खोटाङ सेवा समाजले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान...