सरकार बिरुद्द कसियो मोर्चाबन्दि ,अब के गर्छ सरकार ?
काठमाडौं ५,साउन । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २२ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागमा सरकार बाहिर रहेका राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् । उनीहरुले डा. केसीको माग पूरा गराउन सरकारसँग आग्रह गरेका छन् । उनको यो १५ औं अनशन हो ।
डा. केसीले उठाएका मागहरु सबै जायज भएको जिकिर गर्दै कांग्रेस सभापति देउवाले उनको जीवन रक्षाका लागि सबै नेपालीलाई एकजुट हुन आग्रहसमेत गरे । केसीलाई राखिएको उपचार कक्षमै सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, “डा. केसीका सबै माग जायज छन्
सरकार बाहिर रहेका दलहरु कांग्रेस, राजपा, नयाँ शक्ति नेपाल , बिबेकशिल साझा लगायतका राजनीतिक दलका प्रतिनिधिहरु डा. केसी अनशनरत त्रिवि शिक्षण अस्पतालमा पुगेर उनको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । सरकारले जुम्लाबाट बल प्रयोग गरेर काठमाडौं ल्याएको भोलिपल्ट शुक्रबार अपरान्ह प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्रिवि शिक्षण अस्पताल पुगेर सरकासँग माग पूरा गरेर डा. केसीको जीवन रक्षा गर्न माग गरे । आफू नेतृत्वको सरकारले तयार पारेको चिकित्सा शिक्षा अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याएर सरकारले डा. केसीले अघि सारेका सबै मागहरु पूरा गर्नुपर्ने धारणा उनले राखे ।
राष्ट्रिय जनता पार्टीका नेताहरु पनि त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसिका माग प्रर्ति ऐक्यवद्धता जनाएका छन। उनीहरुले डा. केसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । स्वास्थ्य अवस्था बुझेपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजपाका नेताहरुले डा. केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनीहरुले डा. केसीले अघि सारेका मागहरुमा आफ्नो दलको पूर्ण समर्थन रहेकोपनि बताएका छन् । राजपाका नेता राजकिशोर यादवले सरकारले केसीको माग पूरा गरेर जीवन रक्षाका लागि गम्भीर हुनुपर्नेमा जोड दिए । त्यस्तै अर्का नेता अनिल झाले एउटै माग राखेर डा. केसीले पटक-पटक अनशन बस्नुपर्ने अवस्थालाई सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिए ।
डा. केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...