यात्रु ठग्ने ट्याक्सी र कारलाई रु तीन हजार जरिवाना
काठमाडौँ, ८ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ ।
महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको हो ।
महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो महाशाखामा आएपछि महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको जानकारी दिए ।
“साउन ४ गते १७, साउन ६ गते १९ र साउन ७ गते २१ ट्याक्सी, कार तथा जीपलाई कारबाही गरेका छौँ,– उनले भने । नेपाल मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गर्नुपर्ने बताए । “सरकारले मिटर ट्याक्सीको रकम बढाउन लाग्नुपर्छ र हरेक चालक मिटरमा जानुपर्छ,”– उनले भने ।
अध्यक्ष गौतमले कार र जीपले यात्रु बोक्न नपाउने बताए । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० ट्याक्सी सञ्चालनमा रहेका छन् ।
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईजनाको मृत्यु भएको छ । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ...
-
पानीमा डुबेको अवस्थामा बालकको शव फेला
काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ । बलरा नगरपालिका–३, स्थित लक्ष्मीपुरका...
-
पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते
काठमाडौं । छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–७ मा आज माइक्रोबस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।...
-
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते
काठमाडौं । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने अर्का एक जना घाइते भएका छन् । राप्तीसोनारी...
-
सर्लाहीमा गोली हानेर आफ्नै श्रीमतीको हत्या, बाबु घाइते
काठमाडौं । सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा एक व्यक्तिले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । गएराति १ बजे...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
बाबुको हत्या अभियोग छोरा पक्राउ
काठमाडौं । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं। झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको...