अघि बढ्यो स्वदेशी लगानीमा बन्ने दोस्रो ठुलो बेतान कर्णाली जलविद्युत् आयोजनाको डीपीआरको काम
सुर्खेत १२, साउन । कर्मचारी सञ्चय कोषले बेतान कर्णाली जलविद्युत् आयोजना निर्माणको काम अघि बढाएको छ। कोषले ४ सय २५ मेगावाट क्षमताको आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कार्य अघि बढाएको हो।
तामाकोशीपछिको स्वदेशी लगानीमा निर्माण हुन लागेको दोस्रो ठुलो आयोजनाको डीपीआर तयार भएलगत्तै टेण्डर प्रक्रियामा जाने तयारी गरेको कोषले जनाएको छ। यसका लागि कम्पनीले वित्तीय स्रोत जुटाइसकेको छ। आयोजना निर्माणमा कम्तीमा ८० अर्ब बढी लागत खर्च हुने अनुमान छ। प्रारम्भिक अध्ययनअनुसार सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको सुगरखालमा रहने गरी कर्णाली नदीमा अर्ध जलाशय प्रकृतिको आयोजना निर्माण हुनेछ।
आयोजनाको निर्माण कार्य शुरु गर्नभन्दा पहिले पहुँचमार्ग र डीपीआरको काम अघि बढाउने भएको छ। आयोजनाको काममा आर्थिक संकटले कुनै प्रभावित नभएर काम अघि बढाउने दावी गरिरहेका छन्। आयोजनाको एक वर्षको सर्वेक्षण करिव ५ वर्षभित्र निर्माण शुरु गर्ने कम्पनीको लक्ष्य रहेको बेतान कर्णाली सञ्चय कोष हाइड्रोपावर लिमिटेडका परामर्शदाता श्रीराम शेखर अधिकारीले जनाए। उनका अनुसार अहिले कम्पनी दर्ता गरी उत्पादन लाइसेन्स पाएको उनले बताए। ‘कम्पनी दर्ता गरेर उत्पादनका लागि लाइसेन्स पाईसकेका छौँ।’ उनले भने,‘अब जति सक्यो छिटो डीपीआरको काम अघि बढाउने तयारीमा छौँ।’
डीपीआर अवको एक वर्ष भित्र सक्ने गरी काम अघि बढाएको उनले बताए। नेपाल विद्युत् प्राधिकरणको मुख्य शेयर भएको इञ्जिनीयरिङ कम्पनीले डीपीआर अध्ययन गरिरहेको छ। २०१७ अक्टोबरदेखि उसले डीपीआरको काम थालेको हो।
सुर्खेत र कैलालीको सिमाना हुँदै बगिरहेको कर्णाली नदीमा यो आयोजना निर्माणका लागि कर्मचारी सञ्चय कोषले बेग्लै कम्पनी दर्ता गरिसकेको छ।
सञ्चय कोषले शेयरका साथै आवश्यक ऋण जुटाइसकेको छ। नविल र एसबीआई बैंकले सहवित्तीयकरणमा ऋण जुटाउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।
सञ्चय कोषसँग हाल २ खर्ब ५६ अर्ब रुपैयाँको कोष छ, जसबाट उसले वार्षिक डेढ अर्ब कमाउने गरेको छ।
आयोजनाको प्रारम्भिक अध्ययनले सुर्खेतको चाौकुने गाउँपालिकमा पर्ने साबिकका बेता, छाप्रे, गुटु, बिजौरा र पञ्चपुरी नगरपालिकाको विद्यापुर, कैलाली जिल्लाको सुगरखाल तथा अछाम जिल्लाको साविकका गाविस ढुङ्गेचाल्ना, नाराणपुर, तुर्माखाँद क्षेत्र प्रभावित हुने भएको छ।
Comments
अरु समाचार
-
गृह मन्त्रालयले प्रहरी निरीक्षक शाहीलाई किन गर्यो निलम्बन ?
काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा...
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन साढे तीनकरोड जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन रु तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा...
-
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा...
-
काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना १५ घाइते
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि छुटेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट विराटनगर हिँडेको बा५ख६६१८...
-
परराष्ट्रमन्त्री डा.राणा आज स्वदेश फर्कर्दै
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ...
-
हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु
काठमाडौं । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ । लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज...
-
मनाङमा पर्यटकको चहलपहल बढ्यो
काठमाडौं । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ...
-
सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने
काठमाडौं । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ । कृषि तथा पशुपक्षी विकास...