सांसदले पेश गरेको बलात्कारविरूद्ध संकल्प प्रस्ताव,प्रधानमन्त्रिको निर्देशनमा संसदको कार्यसूचीबाटै गायब
काठमाडाै २३, साउन । महिला हिंसा र बलात्कारविरूद्ध पाठ्यक्रम बनाउन २८ सांसदले पेश गरेको संकल्प प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा सभामुख कृष्णबहादुर महराले संसदको कार्यसूचीबाटै हटाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद विन्दा पाण्डे प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित २८ जना समर्थकले असार २१ गते प्रस्ताव संसदमा दर्ता गरेका थिए। संकल्प प्रस्ताव ३२ गते संसदको सम्भावित कार्यसूचीमा परेको थियो।
संकल्प प्रस्ताव संसदमा पेश भैसकेपछि सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ। महिला तथा बालबालिका मन्त्री थममाया थापा जवाफ दिन तयार भएर संसद हिँडेकी थिइन्। तर उनलाई बीचबाटै फर्काइयो।
सांसद पाण्डेले आफूले राखेको प्रस्ताव संसदमा आउनबाटै रोकिएकोमा आश्चर्य व्यक्त गरिन्।
‘मैले हिजोमात्र सभामुखलाई किन प्रस्ताव आएन भनेर सोधेकी थिएँ। उनले हाँसे,’ उनले भनिन्, ‘प्रस्ताव सभामुखको कोर्टमा पुगिसकेको छ उनले नै किन रोकेको जवाफ दिन सक्नुपर्छ।’
यस विषयमा कुरा गर्न खोज्दा सभामुख कृष्णबहादुर महरा सम्पर्कमा आउन चाहेनन्। उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफूलाई यसबारे थाहा नभएको बताइन्।
पाण्डेको प्रस्तावमा हिंसा, शोषण र बलात्कारमा परेकालाई तत्काल क्षतिपूर्ति दिन, स्थानीय तहदेखि संघीय स्तरसम्म जनचेतनाका कार्यक्रम ल्याउन र सामाजिक न्यायको कुरा विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न संसदले सरकारलाई निर्देशन दिनु पर्ने उल्लेख थियो।
प्रधानमन्त्री केपी ओलीको आग्रहमा कार्यव्यवस्था समितिबाटै उक्त प्रस्ताव संसदमा लैजान रोकिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो। कार्यव्यवस्था समितिमा सभामुख, सबै दलका प्रमुख सचेतकलगायत सदस्य हुन्छन्।
प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेतालाई समेत थाहै नदिई संकल्प प्रस्ताव ल्याएकोले रोकिएको ओली निकट एक नेताले बताए।
‘संसदीय दलको नेता प्रधानमन्त्री नै हुन। उनलाई यो प्रस्तावबारे थाहै रहेनछ,’ ती नेताले भने,‘प्रधानमन्त्रीले महिला हिंसा र बलात्कारविरूद्धको संकल्प त संविधानमै छ, सरकारले पनि काम गरिरहेकै छ फेरि किन संसदबाट संकल्प गराउनुपर्यो भनेपछि रोकिएको हो।’
संकल्प प्रस्ताव संसदबाट पारित भए सरकारले अनिवार्य कार्यान्वयन गर्नुपर्छ।
सांसद पाण्डेले प्रस्ताव ल्याउनुअघि बलात्कारमा परेका बालिका र अरू महिलाहरूलाई भेटेकी थिइन्।
‘सरकारले बलात्कारका दोषी जेलमै हाले पनि दैनिक भत्ता दिन्छ। त्यहाँ उनीहरू सुरक्षित हुन्छन्। पीडितलाई प्रहरीले विभिन्न एनजिओका सेल्टरमा पठाइदिन्छ, हाम्रा लागि सरकारले केही गर्नुपर्दैन भन्ने उहाँहरूको प्रश्न थियो। त्यसपछि मैले संकल्प प्रस्ताव ल्याएको हो,’ उनले भनिन्।
यस्तो थियो पाण्डेले दर्ता गरेको संकल्प प्रस्ताव :
नेपालको संविधान बमोजिम नेपाल पक्षराष्ट्र भएका, महिलामाथि हुने सबै प्रकारका विभेदविरूद्धको महासन्धि (सिड) अन्तराष्ट्रिय अभिसन्धिहरूले शारिरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक एवं कुनै किसिमको हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय भनेकाले महिलामाथि हुने जघन्य अपराध (हत्या बलात्कार बोक्सी आरोपमा उत्पीडन, दाइजोको निहुँमा हुने कुटपीट)बाट पीडितलाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै त्रुटीपूर्ण सामाजिक मूल्यमान्यता, प्रथा,परम्परा, अन्धविश्वास, शोषणविरूद्ध स्थानीय तह, प्रदेश र संघीय तहमा सञ्चार जगत, नागरिक समाज र सरोकारवालाहरूको सहभागितामा व्यापक जनचेतना अभियान चलाई सामाजिक न्याय र समानताको लागि विद्यालय तहका पाठ्यक्रममा नै समावेश गर्न सरकारलाई निर्देशन दिइयोस्।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...