प्रधानन्यायाधीश प्रकरणमा देउवाले चाल्दै छन, शंकास्पद चाल !
काठमाडौँ ८, काठमाडाैं । नेपाली काँग्रेसको महासमिति बैठकको मिति तय गर्न सो पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ ।
बिहान ११ बजेपछि बस्ने बैठकले पार्टीको तेह्रौँ महाधिवेसनपछि एकपटक पनि बस्न नसकेको महासमिति बैठकको मिति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।
नेताहरुका अनुसार सभापति देउवा असोज पहिलो साता मिति तोक्नुपर्ने पक्षमा छन् भने धेरै नेताहरु भदौ अन्तिममै महासमिति बैठक तोक्नुपर्ने पक्षमा छन् ।
यो बाहेक बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार आजको बैठक महासमिति बैठक तयारीबारे केन्द्रीत हुने भएपनि अन्य महत्वपूर्ण विषयमा समेत छलफल हुनेछ ।
यसअघि काँग्रेसको केन्द्रीय समिति बैठक सभापति सिंगापुर उड्नुअघि गत साउन २२ गते बसेको थियो ।
उक्त बैठकले प्रधानन्यायाधीश नियुक्ती प्रकरणमा सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै सरकारको कडा आलोचना गरेको थियो । सो बैठकमा संवैधानिक परिषद्बाट सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकार गरेको विषयमा काँग्रेसमा मत बाझिएको थियो ।
श्रोतका अनुसार उक्त बैठकमा देउवा बाहेकका नेताहरुले संसदीय सुनुवाई समितिको कार्यक्षेत्रमाथि पार्टीले कुनै हस्तक्षेप गर्न नमिल्ने धारणा राखेका थिए । तर, सभापति देउवाले संसदीय सुनुवाई समितिलाई नै प्रहार गर्नेगरी निर्णय गराएका थिए । जसको काँग्रेसले केही समय ‘डिफेण्ड’ पनि गर्दै आएको थियो ।
तर, स्वयम् सभापति देउवा सदस्य रहेको संवैधानिक परिषदको भदौ ७ गते बिहीबार बसेको बैठकले सर्वोच्चको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सहजै सिफारिस गर्ने निर्णयमा देउवाले सहमति जनाएपछि उनको भूमिका शंकास्पद भएको भन्दै देउवाको जवाफ माग्ने तयारी गरेका छन् ।
केन्द्रीय सदस्य प्रदिप पौडलले प्रधानन्यायाधीश प्रकरणमा काँग्रेसको अघिल्लो अडानबारे प्रश्न उठ्न सक्ने बताए । ‘काँग्रेस आफैले गरेको निर्णयमा आफै किन उभिएन भनेर केन्द्रीय समिति बैठकमा सभापतिसँग प्रश्न गर्न सकिन्छ’ केन्द्रीय सदस्य पौडेलले
बताए ।
साउन २२ को काँग्रेस बैठकमा काँग्रेसका कतिपय केन्द्रीय सदस्यले संसदीय सुनुनवाई समितिबाट अस्वीकृत भएको विषयमा प्रश्न नउठाउदै राम्रो हुने सुझाव दिएका थिए । उनीहरुले संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओलीमाथि मात्रै प्रश्न उठाउँदा राम्रो हुने धारणा राखेपनि सभापति देउवाले संसदीय समितिमाथि नै प्रश्न उठाउनुपर्ने भन्दै बैठकको निर्णयमा संसदीय समितिको नाम जबर्जस्ती थप्न लगाएका थिए
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...