प्रहरीको गोलीबाट मारिएका सन्नीलाई सहिद घोषणा, निर्मला र सन्नीको परिवारलाई १०-१० लाख राहत
काठमाडाैं १०,भदाै । सरकारले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारलाई १० लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ।
शनिबार साँझ अकस्मात बोलाइएको मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनालाई सहिद घोषणा गर्ने निर्णय गर्नुका साथै उनको परिवारलाई पनि १० लाख रुपैयाँ दिने भएको छ।
सनिबार साँझ बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले हत्या भएकी कञ्चनपुर भीमदत्त नगरपालिका वडानम्बर २ कि निर्मला पन्त र प्रहरीको गोली लागि मृत्यु भएका सन्नी खुनाका परिवारलाई समान १०-१० लाख रुपैया राहत उपलब्ध गराउने निर्णय गरेको हो।
घटनाको निन्दा एवम् भत्सर्ना गर्दै सरकारले सोही घटनालाई लिएर भएको प्रर्दशनका क्रममा घाईते भएकाको निःशुल्क उपचार व्यवस्था मिलाउनुको साथै अंगभंग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
आजै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिने निर्णय गरको छ ।
घटना लगत्तै गृह मन्त्रालयबाट गठन गरिएको उच्चस्तरीय छानविन समितिलाई छिटो भन्दा छिटो घटनाको सत्य तथ्य पत्ता लगाई दोषीउपर कडा कारवाहीको सिफारिस गर्न र यसरी सिफारिस गर्दा समिति गठन भईसकेपछि भएका घटनालाई समेत समावेश गर्ने अधिकार दिईएको छ ।
घटनाको अवधिमा जिल्लामा रहेका प्रहरी उपरीक्षक डिल्लिराज विष्टलाई निलम्बन गरि छानविन को दायरामा ल्याईएको र प्रहरी नायव उपरीक्षक र मुद्दा शाखाकाका प्रहरी निरीक्षकलाई पनि जिम्मेवारीबाट हटाइ फिर्ता बोलाइएको जानकारी सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...