नारायण काजिले रन्किदै भने, वामदेवलाई डोल्पाबाट सांसद बनाए मलाई चाँहि रोल्पा कि कता ?
काठमाडाैं १३,भदाै । नेपाल कम्युनिष्ट पार्टीमा नेता वामदेव गाैतमलाई सांसद बनाउने बारेमा चर्कै बहस छलफल चलेपछि अन्ततः उनी डोल्पाबाट चुनाव लड्ने पक्कापक्की भएको छ ।
उनी नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हुन् । प्रतिनिधिसभाको सदस्यमा बर्दिया १ बाट पराजित भएका गौतमलाई डोल्पाबाट उपनिर्वाचन गराएर सांसद बनाउने तयारी स्वरुप अहिले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई डोल्पामा जनतासंग राय सुझाव माग्न पठाइएको छ ।
बुढाले डोल्पामा आफ्नो निर्वाचन क्षेत्रमा जनतासंग भेटघाट गरेर पार्टीको निर्देशनको बारेमा जनतालाई जानकारी गराउदै गर्दा डोल्पाली जनताहरु फाल्गुनसम्म राजीनामा नदिएर बस्न सुझाइरहेका छन् । बुढाका अनुसार आफू पार्टीले अह्राएको काममा लाग्ने र एक कम्युनिष्ट कार्यकर्ता भएकाले जनताको कुरा सुनेर राजीनामा दिने जनाएका छन् ।
गौतमलाई सांसद बनाउन नेकपाका अर्का अध्यक्ष प्रचण्डले बढी जोड गरेकाले ओलीले पनि सहमति जनाइ सकेका छन् । यता वामदवले संसदमा वामदेवको आवश्यकता रहेको र आफू जस्तो नेता नहुनाले संसदमा कुरा नमिलिरहेको जनाउँदै आएका छन् ।
तर, स्रोतका अनुसार नारायणकाजी श्रेष्ठले ‘गौतमलाई डोल्पा हो भने मलाई रोल्पा हो कि कता हो, ठाउँ देखाउनु पर्याे’ भनेर बैठकमै गुनासो गरेका थिए । तर एकता हुनुभन्दा पहिले प्रधानमन्त्री ओली र श्रेष्ठबीच सम्बन्ध राम्रो भएपनि पछिल्लो समयमा दुरी बढेको छ ।
आेलीले डा. गोविन्द केसीलाई भेट्न गएको बारेमा बालुवाटारमै दुई नेताबीच चर्काचर्की समेत परेको थियो । यसै कारण श्रेष्ठले नेकपाको प्रवक्ताबाट राजीनामा समेत दिएका थिए । श्रेष्ठले केहि सार्वजनिक कार्यक्रममै आेलीले आफूलाई कुराएर कम्युनिष्टमा हुनु पर्ने गुण समेत गुमाउन खोजेको आरोप लगाएका थिए ।
श्रेष्ठ गोर्खाबाट नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसंग पराजित भएका थिए । उनी आफू पनि संसदमा जाना पाउनु पर्ने सोचमा तीब्र लविङ गरिरहेको स्रोतले जनाएको छ ।
अहिले ओली गौतमललाई सांसद बनाएर श्रेष्ठलाई साइजमा ल्याउने रणनीतिमा लागेको आेली निकट स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदै
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा...
-
देशभर मनसुनी वायुको प्रभाव,केही प्रदेशमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाले अहिले...
-
कांग्रेसले पदाधिकारीको बैठक बोलायो,नयाँ सरकारका बारेमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ। नयाँ सरकार गठनबारे छलफल गर्न गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
मध्य तथा पश्चिम तराईमा तातो लहरको चेतावनी
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा...
-
आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’
काठमाडौं । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर...