ट्राफिक व्यवस्थापन चुस्त बनाउन आईजीपी खनालको निर्देशन
काठमाडौँ २४,भदाै । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान अनुगमनका क्रममा उनले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गरे ।
यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख र काठमाडौँ उपत्यकामा आठ लाख सवारी साधन आवातजावत गर्दछन् ।
सवारी चाप घटाएर यातायात आवागमनलाई सहज तुल्याउँदै जनताको इच्छा आकाङ्क्षाअनुुसार ट्राफिक प्रहरी चल्नुपर्ने उनले बताए ।
खनाल प्रहरी महानिरीक्षक हुनुभन्दा पहिला महाशाखाको प्रमुखका रूपमा कार्यरत थिए ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे अवगत गराए ।
Comments
अरु समाचार
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
बिहीवार वरिष्ठको उपाधि पाएका क्षमताहिन वकिल सर्वोच्च जान मरिहत्ते
काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त रहेका न्यायाधीशहरूको सिफारिस र नियुक्ति गर्न न्याय परिषदुको बैठक आज (शुक्रबार) विहान...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौं । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्रविन्दु भएर भूकम्पीय धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान...