प्रधानमन्त्री ओलीले ट्रम्पसँग भेटको लागि पाउने भए २ मिनेको समय
काठमाडौं ६,असोज । प्रधानमन्त्री केपी ओली १३ दिने विदेश यात्राका लागि शनिबार अमेरिकातर्फ प्रस्थान गर्दैछन्। उनी राष्ट्रसंघीय महासभामा भाग लिन त्यसतर्फ जान लागेका हुन्।
संयुक्त राष्ट्रसंघको ७३औं महासभामा सहभागी भएपछि उनी त्यहाँबाट मध्य अमेरिकी मुलुक कोष्टारिक जाने छन्।
संयुक्त राष्ट्रसंघको महासभा मंगलबारबाट सुरु भए पनि उच्चस्तरीय छलफल भने मंगलबारबाट हुँदै छ। प्रधानमन्त्री ओलीले महासभामा बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ।
सम्बोधन गर्नुअघि उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। ‘राष्ट्रसंघलाई सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मुख्य विषय रहेको सम्मेलनमा उनले नेपालको पछिल्लो राजनीतिक अवस्थासहित सरकारले गर्दै आएका कार्य र अन्तर्राष्ट्रिय प्रतिवद्धताबारेमा प्रकाश पार्नेछन्।
उनले ‘नेल्सन मण्डेला शान्ति शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ। मण्डेलाको सम्मानमा जन्म शताब्दी मनाउन राष्ट्रसंघले यस्तो कार्यक्रम आयोजना गर्न लागेको हो। उनी सोही दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने छन्।
ओली ट्रम्पसँग एकदेखि दुई मिनेट संक्षिप्त कुराकानी गर्न पाउने छन्। राष्ट्रसंघ महासभामा सहभागी हुन आउने प्रतिनिधिमण्डल प्रमुखका दम्पतीका लागि उक्त सम्मान समारोह अमेरिकी राष्ट्रपतिले आयोजना गर्ने प्रचलन छ। ट्रम्पले दिएको उक्त पार्टीमा अघिल्लो वर्ष न्युयोर्कस्थित नेपाली नियोगले राम्रो समन्वय गर्न नसक्दा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा होटेलको गेटबाटै फर्कनु परेको थियो। ट्रम्पको सम्मान समारोहको भोलिपल्ट ओली उच्चस्तरीय सम्बोधनमा सहभागी हुनेछन्। सम्बोधनपछि ओली नेपाली समुदायसँगको भेटघाटसहित साइडलाइन भेटमा सक्रिय बन्नेछन्। बिहीबार सम्बोधन गरेपछि ओली शुक्रबार कोस्टारिका जाने कार्यक्रम छ।
ओलीको सम्बोधनकै दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्क विदेशमन्त्रीसँग अनौपचारिक बैठक गर्नेछन्। सार्क महासचिव अम्जद हुसेन बी सियाल प्रधानमन्त्री ओलीसँगै बसेर यात्रा गर्न लागेका छन्। उनले बाटोमा सार्कका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्नकै लागि त्यस्तो प्रबन्ध गरेको सार्क सचिवालय स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदसँग भे
Comments
अरु समाचार
-
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको...
-
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको...
-
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २...
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
काठमाडाैँ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको...
-
पार्टी विभाजनविरुद्ध अदातल जाने तयारीमा जसपा, ११ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं । पार्टी विभाजन भएप्छि पहिलोपटक आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...