सुदूरपश्चिममा बल्झियो राजधानी विवाद, एका विहानै अन्नपूर्ण पोस्ट्सहितका पत्रिका जलाइयो
काठमाडाैँ १७,असोज । प्रदेशको स्थायी राजधानीका बारेमा समाचार प्रकाशन गरेको भन्दै कैलालीको अत्तरियामा अन्नपूर्ण पोस्ट् दैनिक जलाइएको छ। कोहलपुरस्थित प्रेसबाट सुदूरपश्चिम प्रदेशका लागि आएको पत्रिका अत्तरियामा ९/१० जनाको समूहमा आएका युवाहरुले जलाएका हुन् ।
अत्तरिया र सात पहाडी जिल्लाका लागि जाने सबै पत्रिका जलाएको अत्तरियाका विक्रेता यज्ञराज जोशीले बताए ।
उनको अत्तरियास्थित निलम पुस्तक पसल अगाडी राखिएका पहाडी सात जिल्ला र अत्तरियाको सबै पत्रिका जलाइएको हो । गोदावरी नगरपालिकाको गोदावरी वनमा स्थायी राजधानी तोकेको विरोधमा धनगढीमा आन्दोलन भएको थियो ।
अन्नपूर्ण पोस्ट्ले उक्त आन्दोलनको समाचार सम्प्रेषण गरेको थियो । पत्रपत्रिकाले अत्तरिया राजधानीको विरोधमा समाचार छापेको आरोप लगाउदै अत्तरियाका केही युवाले समूहले अन्नपूर्ण पोष्टका साथै कान्तिपुर, नागरिक दैनिक पनि जलाएका प्रत्यक्षदर्शीले बताएका छन् ।
अत्तरियाबाट महेन्द्रनगरतर्फ गाडी गइरहेका बेला गाडीबाटै थुतेर पत्रपत्रिका जलाएको विक्रेता यज्ञराज जोशीले बताए ।
Comments
अरु समाचार
-
अदुवा उत्पादक कृषक मारमा
काठमाडौं । समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१...
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो
काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।...
-
क्याबिनेट बैठक अपरान्ह बस्दै
काठमाडौँ। आज मन्त्रीपरिषद्को बैठक बस्दै छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको...
-
खडेरीले सुक्न थाल्यो मकै
काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा...
-
नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष
काठमाडाैँ । राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज (सोमबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती सरकारले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा...