चोरले एक तोला सुन निलेपछि
काठमाडौं । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो ।
तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन । चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो’, सूचना अधिकारी कुशवाहाले भन्नुभयो । उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो ।
गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताउनुभयो ।
Comments
अरु समाचार
-
सन्दीपविरुद्ध गौशाला २६ सर्वोच्च नजाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दा हालेकी युवती गौशाला २६ ले पाटन उच्च अदालतले दिएको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन नगर्ने...
-
जाजरकोट-भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका...
-
जापानमा भारी वर्षाका कारण तीन जना बेपत्ता, चार हजारभन्दा बढीलाई सुरक्षित स्थलमा स्थानान्तरण
काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई...
-
मौद्रिक नीतिमा बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विभिन्न प्रबन्धलाई कार्यान्वयन गर्ने लक्ष्यका साथ मौद्रिक नीतिमा केही विशेष व्यवस्था...
-
वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा...
-
आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...
-
विदेशी मुद्रा सटहीको सीमा बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि...
-
सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न
काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी...
-
कोशी सरकार छाड्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने...