नेविसंघको उमेर हदको तरगं अखिलसम्म एकीकरणबाटै हदबन्दी तोक्नु पर्नेः उपाध्यक्ष पुन
काठमाडाैँ २२,असोज । नेपाली कांग्रेसले विवादका बीच आफ्नो विद्यार्थी संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेपछि नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र पनि उमेरको बहसले पुनर्जीवन पाएको क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले बताएका छन ।
४५ वर्ष उमेर कटिसकेका अध्यक्षले नेतृत्व गरेको कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाइने भएपछि सत्तारुढ नेकपाका विद्यार्थी संगठनमा उमेरको बहस पुनः शुरु भएको छ । यसअघि तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३० वर्षे उमेर हद लगाउने बहस चले पनि कार्यान्वयन भएको थिएन ।
सर्वोच्च अदालतको आदेश बमोजिम क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षभन्दा माथिकाले चुनाव लड्न नपाउने व्यवस्था कार्यन्वयन भइसकेपछि विद्यार्थी संगठनहरुमा उमेरहदको बहस चलेको थियो । तर नेतृत्वका दाबेदार अधिकांश नेताहरु ३५ वर्षभन्दा माथिका हुने गरेकाले विद्यार्थीको नेतृत्वमा उमेर हद लगाउन कठिन भएको छ ।
उनले सकेसम्म दुई संगठनको एकीकरणबाटै उमेरको हद लगाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
अनेरास्ववियुमा उमेर हद र शैक्षिक योग्यताको बहस ३ वर्षअघिनै भएको थियो । तर तत्कालिन एमालेका अध्यक्ष केपी ओलीले विद्यार्थी राजनीति लोकसेवा पास गर्नका लागि नभएकाले उमेर र शैक्षिक योग्यताको बन्देज लगाउन नपर्ने भनेपछि अखिलमा उमेर हद लागेन ।
उमेर र शैक्षिक योग्यताको बहस अहिले पनि जारी रहेको र पार्टी एकीकरणपछि दुई विद्यार्थी संगठन एकता हुँदै गर्दा उमेर हद लगाउन सकिने अनेरास्ववियुकी सचिव आरती लामा बताउँछिन् । विद्यार्थी राजनीतिमा उमेर हद जरुरी भइसकेकाले आफूहरु पुनः यो बहसमा उत्रिएका लामाको भनाइ छ ।
उनले भनिन्-युवाको परिभाषा ४० वर्ष भनिएको छ । युवा संगठनमा ४० वर्षभन्दा माथिकाले बस्न नपाउने छ तर विद्यार्थीमा ४० कटेका पनि नेतृत्वमा छन् । म आफैं ३२ वर्ष हुन लागेँ, म नेतृत्वमा रहन्छु कि रहन्न भन्ने दोस्रो कुरा हो । तर विद्यार्थी संगठनमा उमेरको हद तोकिनुपर्छ ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन र अनेरास्ववियुकी उपाध्यक्ष सुनीता बरालले पनि संगठन एकीकरण गर्दानै उमेर हद लगाएर जान सकिने सुझाव नेतृत्वलाई दिएका छन् । यदि एकीकरणकै बेला उमेर हद लागेमा अहिले दुवै संगठनमा रहेका अधिकांश नेता बिदा हुनेछन् । अखिलमा उमेर हद ३२ कि ३५ वर्ष भन्ने बहस चलेको छ ।
३० देखि ३५ वर्षभित्र विद्यार्थी राजनीतिबाट विदा दिनुपर्ने विषय एकीकरणको बेलादेखि अर्को महाधिवेशनसम्म बहसमै रहने अखिलका नेताहरुले बताएका छन् । तर उमेर हदबाट अब विद्यार्थी संगठन पछि फर्किन नसक्ने क्रान्तिकारीका उपाध्यक्ष पुनले बताए ।
एमाले माओवादी एकीकरण भए पनि भातृ संगठनको एकीकरण भएको छैन । अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र दुई संगठन एकीकरणकै बेला उमेर हद लगाउने कि अर्को महाधिवेशनबाट लगाउने भन्ने दुईथरी धारणा छन् । अध्यक्षका दाबेदार रञ्जित तामाङ, ऐन महरलगायतले संक्रमणकालमा उमेर हद लगाउने भन्दा पनि एकता अधिवेशनबाट छलफल हुनुपर्ने तर्क गरेका छन् ।
युवासम्बन्धी राष्ट्रिय नीति तय गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पनि विद्यार्थी संगठनमा उमेरको हद लगाइनुपर्ने पक्षमा छन् । नेपालको सन्दर्भमा २५ वर्षभित्र अधिकांश विद्यार्थीले स्नातकोत्तर तहको पढाइ सिध्याउने भएकाले विद्यार्थी राजनीति गर्नेको उमेर हद ३० वर्षभन्दा माथि नराख्न हुने उनको सुझाव छ ।
Comments
अरु समाचार
-
‘झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने सुनियोजित प्रचार गरियो’
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफ्नो नेतृत्वमा पार्टी फुटाउन लागिएको भनेर सुनियोजित रुपमा हल्ला फैलाइएको...
-
सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ
काठमाडौं । नेकपा (एमाले)का नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको...
-
देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २...
-
एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
काठमाडाैँ । नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन्। मंगबार सम्पन्न पार्टीको १२औं जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको...
-
पार्टी विभाजनविरुद्ध अदातल जाने तयारीमा जसपा, ११ बजे पत्रकार सम्मेलन गर्दै
काठमाडौं । पार्टी विभाजन भएप्छि पहिलोपटक आज जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । पार्टी केन्द्रीय...
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...