बिदेशी केटा प्रयोग गरेर नेपाली युवतीको यस्तो धन्दा !
काठमाडौं । सन् २०१५ मा अफ्रिकन देश आइभरीकोस्टका ओतुटा अकाकागनी नेपाल आए। भिजिट भिसामा आएका उनी स्वदेश फर्किएनन्।
जसको एक मात्र कारण थियो, फेसबुक।
कुसुम कायस्थ नाम गरेकी एक युवतीले उनलाई फ्रेन्ड रिक्वेस्ट पठाइन्। हेर्दा सुन्दर नेपाली युवती देख्नेबित्तिकै ओतुटाले एसेप्ट बटम दबाइहाले।
हाइहेल्लोबाट सुरु भएको कुराकानी गाढा बन्दै गयो। प्रेमका कुरा चल्न थाले। अन्तत: दुई वर्षअघि उनीहरु विवाह बन्धनमा गाँसिए।
दुई जना एकैठाउँ हुँदा खर्च बढ्ने नै भयो। घुम्न, रेस्टुरेन्ट जान, ट्याक्सी चढ्न कसरी पैसा जुटाउने? ओतुटालाई समस्या थियो। आर्थिक भरथेग कुसुमले नै गर्न थालिन्।
यसका लागि उनले पैसा कमाउने आइडिया निकालिन्, जसको प्रयोग बन्यो सामाजिक सञ्जाल फेसबुक। फेसबुकबाटै जोडिएका उनीहरुका लागि आर्थिक संकलनको पाटो पनि फेसबुक नै बन्न थाल्यो।
दुवैले आइडिया रचे- उपहार परेको भन्दै विभिन्न फेसबुक प्रयोगकर्तालाई म्यासेज गर्ने। उपहार पाउन भन्सार रकम तिराउनले र ठगी गर्ने।
विवाहपछि यही धन्दाबाट उनीहरले मस्त पैसा कमाउन थाले। यसका लागि उनीहरुले फेसबुक मात्र होइन भाइबर, ह्वाट्स एप, इमोसमेत प्रयोग गरे।
‘मान्छेको प्रोफाइल चेक गर्ने, हेर्दा सोझासिधा देखिने, ठग्न सकिने जस्तोलाई उपहार पर्यो भन्दै फकाउने गर्दा रहेछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले भने।
दुई वर्षसम्म सयौं जनालाई फसाउने यो जोडी अन्तत: महानगरीय प्रहरी अपराध महाशाखाको टोलीबाट उम्कन सकेन। पेप्सीकोलाबाट उनीहरु पक्राउ परे। जसमा थिए, काभ्रेको साबिक भुम्लुटार गाविस–६ की ३२ वर्षीया कुसुम कायस्थ र पासपोर्ट नम्बर १५ एएच ४२०१६६ भएका आइभरीकोस्टका ३२ वर्षीय ओतुटा अकाकागनी।
उनीहरु अहिले हिरासतमा छन्।
उपहार परेको भन्दै उपहारको तस्बिर मात्रै उनीहरुले पठाएनन्, विश्वास दिलाउन र पक्राउ नपरियोस् भन्न उनीहरु फोन गर्न भारतसम्म पुग्थे।
‘तपाईंको पुरस्कार भारतीय भन्सारमा रोकिएको छ। म भन्सारबाट फलानो अधिकृत बोलेको। उपहार लिन… यति रकम पठाउनु होला,’ अधिकांश पीडितलाई यसै भनेर विश्वासमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरुले धेरै व्यक्तिलाई ठगी गरेको हुन सक्ने प्रहरीले जनाएको छ। अहिलेसम्म ८ जना पीडित प्रहरीको सम्पर्कमा पुगेका उनीहरुबाट यो जोडीले १४ लाख ३४ हजार ९ सय ७२ रुपैयाँ ठगी गरेको पाइएको एसएसपी सिंहले बताए। अन्य पीडित भए सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ।
ठगी गरेको पैसाले उनीहरुले मोजमस्ती गर्ने गरेको पाइएको छ। पेप्सीकोलामा फ्ल्याट नै भाडामा लिएर बसेको यो जोडीको लवाइखवाइ र बसाइ पनि निकै ब्रान्डेड छ।
उनीहरुको आफ्नै कार समेत भएको प्रहरीले जनाएको छ। कार लिएर उनीहरु विभिन्न ठाउँमा घुम्ने गरेका थिए। कार पनि ठगी गरेकै पैसाले किनेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। युवतीले भने आफूले व्यापार गर्ने गरेको दाबी गर्दै व्यापारकै रकमले कार किनेको बताएकी छन्। उनको भनाइमा शंका गर्ने ठाउँ धेरै रहेको प्रहरीले जनाएको छ। आफू मोडलिङ पेसामा रहेको पनि कुसुमले दाबी गर्दै आएकी छन्।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...