रुकुम पूर्व सदरमुकाम विवादः युद्धकालको झल्को दिने प्रदर्शन !
रुकुम पूर्व । कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुवै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा आएको हो ।
सरकारले गोलखाडालाई सदरमुकाम तोकेपछि स्थानीयले दीपावली पनि गरे तर यो खुसी धेरै दिन टिकेन । सरकारले चलिरहेको अस्थायी सदरमुकाम रुकुमकोटबाट गोलखाड सार्न मन्त्रिपरिषद्बाट निर्णय गराए पनि न त्यँहा कुनै संरचना थिए न सरकारी कार्यालय नै तत्काल त्यहाँ जान माने ।
बरु, रुकुमकोटमा चर्को असन्तुष्टि देखियो ।
सर्वोच्च अदालतले गोलखाडा सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेपछि केही समय मत्थर भएको सदरमुकाम विवाद अहिले पुनः बल्झेको छ ।
यसअघिका आन्दोलनहरु रुकुमकोटको पक्षमा बढी केन्द्रित हुने गरे पनि अहिले भने गोलखाडा पक्षधरहरु पनि रुकुमकोटवासीजत्तिकै सशक्त देखिएका छन् ।
उनीहरु गोलखाडाको प्रदर्शनसँगै रुकुमकोटतर्फ अघि बढेका छन्, सम्भवतः बुधवारसम्म रुकुमकोटनजिक पुग्नेछन् ।
मंगलबारको गोलखाडाको दृश्य निकै फरक थियो । ‘सोमबार साँझदेखि नै झोला र लठ्ठीसहित गाउँगाउँबाट स्थानीयवासी आउन थालिसकेका थिए ।’ स्थानीय जयमान बुढाले भन्नुभयो, ‘मंगलबार बिहानसम्म विगतको युद्धकालकै झल्को दिने गरी समूहसमूहमा भेला भएर प्रर्दशन थालिएको थियो ।’ उनीहरु प्रर्दशनपछि रुकुमकोटतर्फ हिँडेका छन् , झण्डै पाँच हजारको संख्या रहेका सुदुर रुकुमपूर्वका बासिन्दा लामबद्ध भएर युद्धकालकै छापामारको शैलीमा हिँडेका छन् । यो खवर आजको नेपाल समाचार पत्र दैनिकमा छ ।
Comments
अरु समाचार
-
सुहाङ नेम्वाङले आज शपथ लिँदै
काठमाडौं। गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ...
-
पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा जसपा नेपाल
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज बुधवार पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ । पार्टी...
-
सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै
काठमाडौं । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले बुधबार...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको...
-
बर्खे अधिवेशनअघि प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासित सभामुखको छलफल
काठमाडाैँ । सभामुख देवराज घिमिरले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले आज बिहान साढे ११...
-
देशलाई अस्थिरताबाट जोगाउन, ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले देश राजनीतिक अस्थिरतामा फसेको बताएका छन्। प्रेस युनियन कञ्चनपुर शाखाले सोमबार बिहान महेन्द्रनगरमा...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...