ताजा समाचार

नेविसंघका ७ जना नेता कार्यकर्ता पक्राउ

पोखराबाट नेपाल विद्यार्थी संघका ७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थी रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेविसंघका केन्द्रीय सदस्य भानु ढकाल, शंकर घिमिरे, संस्कृत क्याम्पस (बगर) सभापति कमल पौडेल, विद्यार्थी नेताहरु लक्ष्मी पाण्डे, प्रकाश भट्टराई, सागर अधिकारी, उमा ठकुरी रहेका छन् ।

सार्वजनिक बिदाका दिन चलाइएको भन्दै गएको शनिबार माघ १९ गते नेविसंघले पोखरा महानगर शिक्षा शाखाको गाडी जलाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org