ताजा समाचार

‘वाइडबडीकाण्ड सेलाएको छैन्, सडकतिर छ’ मन्त्री बास्कोटा

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले वाइडबडी सडकतिर छ भन्दै नेपाली कांग्रेसलाई ब्यंग्य गरेका छन् ।

माघ २१ गतेको मन्त्रीपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा मन्त्री बास्कोटाले कांग्रेसलाई ब्यङ्ग्य गर्दै वाइडबडी काण्ड तातै रहेको बताए ।

नियमित पत्रकार सम्मेलनमा उनले वाइडबडीबारे पत्रकारहरुले गरेको प्रश्नको जवाफमा भने, ‘वाइडबडी काण्ड सेलाएको छैन। वाइडबडी हराएकै छैन, मैले त ठुला ठुला वाइडबडी सडकतिर बोकेर हिँडेको देख्या थे।’

नेपाली कांग्रेसले माघ २१ गते वाइडबडीको पुत्ला बनाएर वाइबडी प्रकरणमा छानबिन गर्न सरकारसँग माग गरेको विषयलाई लिएर बास्कोटाले ब्यंग्य गरेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org