ताजा समाचार

नेकपाका दुई पाइलटबीच चुलियो विवाद, प्रचण्डले पठाए यस्तो खतरानाक सन्देश !

काठमाडाैं । नेकपा भित्र दुई अध्यक्षबीच विवाद चर्किदै गएपछि पार्टीका विभिन्न कार्यक्रम प्रभावित बन्दै गएका छन् ।

भेनेजुएलाको राजनीतिक संकटबारे नेकपाका अध्यक्ष प्रचण्डले निकालेको वक्तव्यका कारण केहि दिन राजनीतिमा पैदा भएको तरङ्ग सेलाउन नपाउदै अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले नचाहिने काम गरेको भन्ने खालको अभिव्यक्ति दिएपछि विवाद झन बढेर गएको हो ।

प्रधानमन्त्री ओलीले प्रचण्डको जिब्रोले स्लिप खाएको भन्दै हलुङ्गो पाराले टिप्पणी गरेपछि चितवन पुगेर प्रचण्डले ओलीलाई कडा जवाफ फर्काएका हुन् । प्रचण्डले भेनेजुएला प्रकरणबारे पार्टी सचिवालयले आफ्नो वक्तव्य अनुमोदन गरिसकेकाले जिम्मेवार कमरेडहरुले गति छाड्न खोज्नु भो भन्दै टिप्पणी गरेका हुन् ।

ओली-प्रचण्डबीच सल्केको भुसको आगो पार्टीको तल्लो कमिटीसम्म फैलिएपछि नेकपाका आगामी कार्यक्रम नै कतै छायामा पर्ने त होइनन् भन्ने खालका आशंका उत्पन्न हुन थालेका छन् । ओली-प्रचण्डबीच तनाव बढ्दै गएपछि यसको समाधान खोज्नु पर्ने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव विष्णु पाैडेलले पहल थालेको समेत स्रोतको दावी छ ।

पछिल्लो समय प्रचण्डको पोल्टामा पुगेका महासचिव पाैडेलले प्रचण्डकासामू ओलीलाई यसबारे फेरि दोहोर्याएर कुरा गर्न आफू तयार रहेको र पार्टीको आधिकारीक धारणा आइसकेको विषयमा प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा नबोल्न आग्रह गर्ने वचन दिएको स्रोतको दावी छ ।

यता प्रवक्ता श्रेष्ठले समेत ओलीलाई थप नबोलन आग्रह गरेको भन्दै प्रचण्डलाई सुनाएको स्रोतले जनाएको छ । प्रचण्डले ओलीको दम्भ फेरि बढेर गएको र आफूमाथि नै जाइलाग्न खोजे त्यसको परिणाम पार्टीमा राम्रो नहुने भन्दै स्पष्ठ सन्देश पठाइसकेको समेत स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org