ताजा समाचार

२४ घण्टा नबित्दै गगनले पाए कडा जवाफ, अब कांग्रेसको नेतृत्व कोइराला परिवारबाटै

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले पार्टी नेतृत्व आफूले सम्हाल्ने भन्दै दिएको अभिव्यक्ति २४ घण्टा नबित्दै विवादमा तनिएको छ ।

कथाले मागे आफू पार्टी सभापति बन्न सक्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थापालाई कांग्रेस नेताले पहिलेको महाधिवेशनले सबै कुरा देखाइसकेकाले कथाले गगन थापा नमाग्ने टिप्पणी गरेका छन् ।

कांग्रेसमा युवा नेताहरुमा नेतृत्व आउन पर्छ भन्दै अभिव्यक्ति आइरहेका बेला कोइराला परिवारका नेताहरुले गगनको अभिव्यक्ति पार्टीलाई बलियो बनाउने खालको नभएर नैरास्यता ल्याउने देखिएकाले यसबारे नेता थापालाई चेतावनि दिने गरि तयारी सुरु भएको स्रोतको दावी छ ।

गगन थापाले कांग्रेसको नेतृत्व गर्छु भन्दै सार्वजनिक अभिव्यक्ति दिनुले उनको राजनीतिक चरित्र राम्ररी देखियो । कोइराला परिवारका एक नेताले भने । कांग्रेसलाई थप सुदृढ बनाएर नयाँ शिराबाट कांग्रेसलाई अगाडि बढाउन कोइराला परिवारको विकल्प नरहेको समेत ती नेताले न्युज-नेपालसँगको कुराकानीमा जनाए ।

ती नेताले थप्दै भने, ‘कांग्रेसलाई कोइराला परिवारको कुनै एक सदस्यले नेतृत्व गरेन भने पार्टी नै धरापमा पर्ने देखिएको छ । आगामी महाधिवेशनबाट कोइराला परिवारको एक सदस्यले नेतृत्व गर्ने गरि तयारी सुरु भएको छ । सहमतिका आधारमा हामीले नेतृत्व कसले गर्नर भन्नेबारे निर्णय गर्नेछाैं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org