ताजा समाचार

‘सरकार प्रमुख हुँ, यहाँ सबै कुरा मान्य हुन्छ, बाहेक भ्रष्टाचार’- मुख्यमन्त्री पाैडेल

अख्तियारका कारण आतंक सिर्जना भएको छ !

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्रीले अख्तियार दुरुपयोग आयोगका कारण आतंक सिर्जना भएको जनाएका छन् ।

हेटाैडामा अख्तियारको २८ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा मुख्यमन्त्री डाेरमणी पाैडेलले  सरकारले लिएको समृद्धिको नारामा अख्तियारको कारण समस्या आएको भन्दै यसलाई आतंकको रुपमा लैजान नहुने बताएका हुन् ।

आतंकका कारण समृद्धिका लागि दौडने काममा विश्राम सिर्जना हुने अवस्था आएको भन्दै समयानुकुल काम गर्दै अघि बढ्नु पर्ने मुख्यमन्त्री पौडेलले बताए । उनले भ्रष्टाचार गर्नेलाई कुनै हालतमा नछोड्ने भन्दै यसमा गल्ती भयो भनेर माफी नपाइने पनि जिकिर गरे । ‘सरकार प्रमुख हुँ, यहाँ सबै कुरा मान्य हुन्छ, बाहेक भ्रष्टाचार’ उनले भने ।

केवल आर्थिक लेनदेन मात्र नभई भ्रष्टाचार हरेक क्षेत्रमा रहेको भन्दै उनले कार्यालय समयमा नआउने र विद्यालयमा अध्यापन समयमा उपस्थित नहुनु पनि भ्रष्टाचार भएको दावी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org