ताजा समाचार

होटलको उद्घाटन गर्न पुगेका देउवालाई १ सय ५१ किलोको माला

सिमरा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाराको सिमरा पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई सिमरामा एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ ।

बुधबार बिहान सिमरा पुगेका देउवालाई जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

सिमरा विमानस्थलबाट कार्यकर्ताको ठूलो भीडसहित पार्टी कार्यालयसम्म लगिएका देउवालाई त्यहाँ आयोजित कार्यक्रममा मालाले स्वागत गरिएको हो ।

देउवा कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा सञ्चालनमा आएको होटल दियालोको उद्घाटन गर्न त्यहाँ पुगेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org