ताजा समाचार

संचारमन्त्री बास्कोटाले केपी ओलीकै शैलीमा कडा जवाफ दिएपछि गगनको मुख निन्याउरो !

काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सदनमा कम्युनिष्ट सरकार भन्दै विरोध गरेपछि सरकारका प्रवक्ता तथा संचारमन्त्री गोकुल बास्कोटाले प्रतिउत्तर कडा ढंगले दिएका छन् ।

सांसद थापाले सरकार विरोधी आवाजलाई नियन्त्रण गर्ने मनसायका साथ कम्युनिष्ट सरकारले विधेयक ल्याएको टिप्पणी गरेपछि आक्रोसित बनेका संचारमन्त्री बास्कोटाले जनतालाई जिस्क्याउने र होच्याउने काम नगर्न चेतावनी दिएका हुन् ।

मन्त्री बास्कोटाले थापालाई इंगित गर्दै भने, जनताले दुई तिहाई मत दिएर कम्युनिष्ट रोजेपछि घरीघरी कम्युनिष्ट भन्दै खिस्सी गर्नु गलत भएको र यसको प्रतिवाद खुलेरै गर्नु परे पछि नहट्ने जनाएपछि विपक्षी झन त्रसित बनेको जनाइएको छ ।

सांसद थापाले तात्कालिन राजा ज्ञानेन्द्रले आलोचनाबाट बच्न फोन बन्द गरेको प्रसंग स्मरण गराउदै अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिए। उनले भने “यो सदनमा छलफल गरेर मात्रै सच्चिन सक्ने प्रस्तावित ऐन छैन। जनताको संघर्षबाट मात्रै यो सच्चिन्छ। कुनै बेला आलोचना गर्ने मुख बन्द गर्न राजा ज्ञानेन्द्रले फोन काटेको सम्झन्छु। तर फोन काट्दै गर्दा न फोन बन्द भयो, न आलोचना गर्ने मुख बन्द भयो। सरकारलाई म केबल त्यो स्मरण मात्र गराउन चाहन्छु।”

तर, प्रतिउत्तरमा मन्त्री बास्कोटाले प्रविधिलाई बुझेर गलत प्रचार गर्नु पनि अपराध सरह भएकाले सचेत हुन आग्रह गरेका थिए । उनले थप्दै भने, मान्छेको शरिरमा जनावरको टाउको जोडेर बदमासी गर्नेलाई छोड्न सकिन्न । समाजमा सभ्यता र अनुशासन भन्ने कुरा जिवित हुनैपर्छ । होइन भने अराजकता निम्तिन सक्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org