ताजा समाचार

पशुपतिले ‘कुकुर’ भन्दा आपत्ति ? युवा संघका नेताहरु ‘घाँसमा लुकेको हरीयो सर्प’ हुन् !

काठमाडाैं । पत्रकार लेखक तथा गितकार कुशुमले कम्युनिष्ट नेता कार्यकर्ताहरुमा राजनीतिक चरित्र नहुने भन्दै सोमत नभएकाहरुको झुण्डको संज्ञा दिएका छन् ।

उनले आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दै कांग्रेसको बचाउ समेत गरेका छन् । नेपाली राजनीतिमा असभ्य र अभद्र शब्दहरु भित्र्याउने कम्युनिष्ट नै भएको र तल्लो स्तरका गाली गर्ने शब्दहरुको प्रयोग समेत उनीहरुबाट नै भएको भन्दै कडा टिप्पणी गरेका छन् ।

पशुपति शर्माको गीतको बचाउ गर्दै उनले युवा संघका नेताहरुलाई कुकुर र सर्पको संज्ञा दिदै हरियो घासमा लुकेका सर्पहरु भएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘पशुपति शर्माले ‘कुकुर’ शब्द उच्चारण गर्दा के आपत्ति भयो ? कुकूरभन्दा बढी खतरनाक र विषालु त सर्प हैन र ? युवा सँघका कार्यकर्तालाई हेक्का रहोस्, कुनैबेला नेकपा (माओवादी)का नेताहरु एमालेलाई ‘घाँसमा लुकेको हरीयो सर्प’ भन्थे ।’

पूर्व एमालेका नेता कार्यकर्ताहरुले क्रन्तिकारीता देखाउन जसलाई पनि नछाड्ने गरेकाले पशुपति शर्माको गीतमा भनिएको कुकुर शब्द समेत सभ्य भएको तर्क अघि सारेका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेका छन्,

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org