ताजा समाचार

जनप्रतिनिधिको सुराकीमा नेताहरु गिरफ्तार परेको खवर छ, रिहाइ नगरे जनप्रतिरोध हुन्छः सुदर्शन

काठमाडाैं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले गिरफ्तार परेका आफ्ना नेता कार्यकर्तालाई विना सर्त रिहाई गर्न सरकारसँग माग गरेका छन् ।

देश विकास र रक्षाका लागि चेतना फैलाउदै हिडेका आफना नेता कार्यकर्तालाई राज्यले गिरफ्तार गरेकाले सरकारका अधिकारीको दिमाग त ठिक छ नी भन्दै प्रतिप्रश्न गर्दै भनेका छन्, ‘देशको विकास र रक्षाका लागि त्यो चेतना फैलाउँदै दुःख–कष्टहरू साथ जनताका बीचमा हिँडिरहेको अभियान टोलीलाई राज्यविरुद्धको अपराधको मुद्दा लगाउने षड्यन्त्र गरिरहेकाले सरकारका अधिकारीहरूको दिमाग ठीक ठाउँमा छ कि छैन भन्ने प्रश्न उठेको छ ।’

नेता ओलीले जनप्रतिनिधि नै सुराकी लागेर आफना नेता कार्यकर्तालाई गिरफतार गराउन खोजेकाले यसको गहिरो अनुसन्धान गर्न पार्टीले सुरु गरेको भन्दै विना सर्त रिहाइका साथै दमनमा नउत्रिन चेतावनी समेत दिएका छन् । सरकार दमनमा उत्रिएमा जनताले त्यसको कडा प्रतिरोध गर्नेछ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्तिः

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org