ताजा समाचार

श्रीमानको सपना पुरा गर्न सक्रिय राजनीति गर्छुः स्व. उत्तरकुमार पत्नी

दाङ । सवारी दुर्घटनामा ज्यान गुमाएका प्रदेश सांसद तथा नेकपाका दिवंगत नेता उत्तरकुमार ओली पत्नी बिमला ओलीले सक्रिय राजनीतिमा आउने घोषणा गरेकी छन् ।

स्वर्गिय सांसद वलीको तेह्राै दिनको पुण्य तिथीका अवसरमा गरिएको श्राद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले श्रीमान् उत्तरकुमार वलीले जनता समक्ष गरेका वाचा पुरा गर्न राजनीतिमा आउने घोषणा गरिन । ‘मेरो श्रीमानले परिवारभन्दा माया यस क्षेत्रका जनतालाई गर्नुहुन्थ्यो ।’उनले भनिन् ,‘उहाले चुनावमा जनतासामु गरेका प्रतिवद्धता बाँकी नै छन् । ती सपना पुरा गर्न म सक्रिय राजनीतिमा आउँछु ।’ आफ्ना श्रीमानले परिवार भन्दा माँया जनतालाई गर्ने गरेको बताउँदै आगामी दिनमा जनतासामु उनको रिक्तता हुन नदिने बताए ।

प्रदेश सांसद वली दाङ क्षेत्र नम्वर ३‘ख’मा निर्वाचित सांसद भएका थिए । उनले काँग्रेस नेता बुद्धीराम भण्डारीलाई फराकिलो मतान्तरले पराजीत गरेका थिए । उनको निधनसँगै पार्टीले कसले उमेद्धार बनाउला भन्ने आम जनमानसमा चर्चाको बिषय बनेको छ । उनकी श्रीमती बिमलाले राजनीतिमा आउने घोषण गरेपछी उपनिर्वाचनमा उनलाई नेकपाको उमेद्धवारको रुपमा लिन थालिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org