ताजा समाचार

रेणु दाहालको महानगरमा शक्तिशाली बम विस्फोट, प्रहरीको अनुमान यस्तो छ !

चितवन । प्रचण्डकि छोरी रेणु दाहाल मेयर भएको महानरपालिकामा बम विस्फोट भएको छ ।

भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको हो । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए ।

प्रहरीले बम विस्फोट गराएको आरोपमा छ जनालाई नियन्त्रणमा लिएको छ । घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले बताए ।

सरकारले विप्लवलाई प्रतिबन्ध गरेपछी उचित जवाफ दिने जनाएको उक्त पार्टीले यो घटना गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org