ताजा समाचार

कांग्रेस नेता सिटाैला अस्पताल भर्ना, आइसियुमा राखियो

काठमाडौं । अचानक स्वास्थ्यमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटाैला धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका छन् ।

सिटाैला अस्वस्थ भएपछि उनलाई अस्पतालको आिसियुमा राखेर उपचार भइरहेको पारिवारीक स्रोतले जनाएको छ ।

सिटौलाको रगतमा हेमोग्लोबिनको कमी भएको र आन्तरिक रक्तश्राव भएकाले आईसीयूमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

उनको उपचारमा डा.अर्जुन कार्की, राजु पंगेनी, भुपेन्द्र बस्नेत, सबिन कोइराला लगायतको टिम संलग्न छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org