ताजा समाचार

भेरि बबई ड्राइभर्सको बैशाखमा ‘ब्रेक थ्रु’ हुन्छः प्रधानमन्त्री ओली

विप्लवबारे प्रधानमन्त्री भन्छन्ः न दर्ता न ठेगाना, लुकीछिपि लुट्न सरकारले दिदैन !

काठमाडाैं । सिचाई परियोजना द्रुत गतिमा अगाडी बढेको भन्दै कतिपयलाई अचम्म लाग्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन् ।

कछुवा गतिमा काम भइरहेका विभिन्न सिचाईका आयोजनालाई अहिले रकेटको गतिमा अगाडी बढेको भन्दै आउदो बैशाखबाट भेरि बबई ड्राइभर्सनको ‘ब्रेक थ्रु’ हुने र सिचाई सुरु हुने दाबी गरेका छन् । यो वर्ष आधार वर्ष भएकाले कृषिमा व्यापक चमत्कार गरेको जनाए ।

प्रधानमन्त्री ओलीले भने, धानमा ९ र मकैमा ६ प्रतिशतले उत्पादनमा बृद्धि भएको जनाएका छन् । तर, कतिपयले पानी परेकाले भयो भन्दै भनेपनि यो बर्ष पनि पानि पर्ने र उत्पादनमा बृद्धि हुने जनाए ।

यस्तै, विप्लव समूह भनेर चिनिने एउटा समूहलाइ सरकार तथा आफैले वार्ताका लागि धेरै पल्ट आग्रह गरेको जनाएका छन् । लोकतन्त्रमा निर्वाचन हुन नदिने र यहि सरकारका मान्छे मार्ने महिला, बालबालिका, निर्दोष तथा उम्मेदवारको खुट्टा काटिएको भन्दै चन्दाको नाममा लुटपाट गरेपछि सरकारले टुलुटुलु हेरेर नबस्ने जनाएका छन् ।

त्यो समूह कतै दर्ता छैन । जसको कुनै ठेगाना छैन । केहि पनि छैन । त्यस समूहका अपराधिक क्रियाकलाप मात्रै छन् । यसेले सरकारले त्यस्ता विध्वसंमाथि प्रतिवन्ध गर्यो । प्रधानमन्त्री ओलीले भने ।

विप्लवका हिंसात्मक गतिविधिमाति सरकारले नियन्त्रण गर्छ गर्छ भन्दै कडा चेतावनी दिएका छन् । हतियार बुझाउने समय सरकारले दिएको भन्दै विप्लवले हतियार बुझाउन आए सहजै सरकारले स्वागत गर्ने समेत जनाएका छन् । तर, बुझाउन नआए सरकारले कसरी हतियार नियन्त्रण गर्छ भन्ने सरकारलाई राम्ररी थाहा छ । ओलीले भने ।

लोकतन्त्रमा लुटपाट गर्ने भन्ने हुन्छ ? चन्दाका नाउमा लुटतन्त्र मच्चाउन पाइन्छ ? यस्तो हुँदैन प्रधानमन्त्रीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org