ताजा समाचार

विप्लवलाई पश्चिममा धक्का, धमाधम नेता पक्राउ गर्दै प्रहरी

नेपालगञ्ज । सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रदेश ५ मा प्रहरीले उसका गतिविधि रोक्न सक्रियता बढाएको छ ।

प्रदेशका १२ वटै जिल्लामा उच्च सुरक्षा सर्तकता अपनाइएको प्रदेश प्रहरीले जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रहरी सक्रियत बढेसँगै विप्लव नेकपाको नेता, कार्यकर्ता पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्टीका जिल्ला इन्चार्ज, भातृ संगठनका अध्यक्ष, विभाग प्रमुख तथा सैन्य इन्चार्ज पनि छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org