ताजा समाचार

सञ्चारमन्त्री भन्छन्, सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्नु

काठमाडौं ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । सरकार प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको र कुनै पनि अवस्थामा अपहरित हुन नदिने उनले बताए ।

मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रतालाई लिएर वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न पनि आग्रह गरेका छन् ।

‘ज्ञानेन्द्रको पृष्टभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्टभूमि, निष्ठा, लक्ष्य, उद्देश्य विल्कुल भिन्न हो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । सधैँ यो कुरा किन उठाउनुहुन्छ ?’

पछिल्लो समय अनलाइन मिडियाहरुमा हेर्नै नसकिने विषयबस्तुहरु आउन थालेको भन्दै मन्त्री बास्कोटाले बेलाबेला मिडियाको आतंक जस्तो देखिन गरेको टिप्पणी गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org