ताजा समाचार

रहेनन् उद्योगी तथा पूर्वसांसद गोल्छा !

काठमाडौं । गोल्छा अर्गनाइजेसनका मालिक तथा पूर्वसांसद दिवाकर गोल्छाको मंगलबार निधन भएको छ । भारतको चेन्नईमा मंगलबार राति उनको निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । गोल्छा अर्गनाइजेशनको औद्योगिकरणमा पिता हुलासचन्द गोल्छालाई उनले नै प्रेरित गरेका थिए । उनको अग्रसरतामा करिब २ दर्जन उद्योग स्थापना भएका छन् ।

गोल्छाको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन् ।

हुलास वायर, हुलास खाद्यान्न, श्रीराम सुगर मिल, हुलास जस्तापाता जस्ता धेरै उद्योग गोल्छा अर्गनाइजेशनले चलाउछ । गोल्छाको पार्थिव शरीर विहीबारसम्म काठमाडौं ल्याइने पारिवारिक स्रोतले जनाएको छ । गोल्छाका दुई छोरा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org