ताजा समाचार

विप्लवमाथिको प्रतिबन्ध हटाएर पक्राउ परेकालाई रिहा गर्न माग गर्दै अष्ट्रेलियन कम्युनिष्ट पार्टीको ओलीलाई पत्र

काठमाडाैं । कम्युनिष्ट पार्टी अष्ट्रेलिया (मार्क्सवादी-लेनिनवादी)ले विप्लव नेतृत्वको नेकपालाई लगाइएको प्रतिबन्ध हटाउन माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अष्ट्रेलिया कम्युनिष्ट पार्टीका अध्यक्ष निक जीले प्रतिबन्ध हटाउन अनुरोध गर्दै पत्राचार गरेका हुन् ।

निकको हस्ताक्षरित पत्रमा भनिएको छ, कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेकोक कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाएर बन्दी बनाइएका कमरेडहरुलाई रिहा गर्नुहोला ।

माओवादीले थालेको दश वर्षे युद्धको स्मरण गर्दै पत्रमा भनिएको छ, सामाजिक अतिक्रमणवाद र विदेशी हस्तक्षेपका विरुद्ध लडेका मान्छेहरु कसरी कम्युनिष्ट सरकारका विरुद्ध हुन सक्छन ? हामी चाहन्छाै, तपाईहरुबीच सार्थक वार्ता होस् । नेपाली जनताको अधिकार र सार्वभाैमिकताको रक्षार्थ एकजुट हुन प्रेरणा मिलोस ।

हेर्नुहोस् विज्ञप्तिः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org