ताजा समाचार

नेपाल समाचारपत्रका प्रधान सम्पादक श्रेष्ठको निधन, श्रद्धाञ्जलीका लागि पार्थिव शरीर भूगोलपार्कमा

काठमाडौं । कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा आज विहान ११ बजेर ५९ मिनेटमा ६० वर्षको उपचारको क्रममा श्रेष्ठको निधन भएको हो ।

करिब ५ महिनाअघि नाकमा समस्या देखिएका कारण उनको राजधानीको वयोधा अस्पतालमा नाक र त्यसलगत्तै ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रिया लगत्तै उनीमा विभिन्न स्वास्थ्य समस्या देखापर्दै आएका थिए ।

पछिल्लो समय चिकित्सकले उनमा जीबीएस भाइरसको संक्रमण भएको आशंका गरिएको थियो । श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टी दिउँसो ३ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ । भने अहिले उनको पार्थिव शरिरलाई अहिले श्रद्धाञ्जलीका लागि भुगोलपार्कमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org