ताजा समाचार

अदालतको आदेशपछि सुदर्शन नख्खु कारागार चलान

काठमाडौं । जिल्ला अदालत, ललितपुरले विप्लव समूहका तत्कालिन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

सुदर्शनलाई काभ्रेबाट राजधानीबाट छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

ललितपुर जिल्ला अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुदर्सन’सहित ६ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ।

नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको मृत्यु र ३ जना घाइते हुने गरी भएको विष्फोटमा संलग्न सुदर्शनसहित अन्यलाई अदालतको आदेशपछि नख्खु कारागार चलान गरिएको छ ।

थुनामा पठाइएका अन्यमा शिव धमला भन्ने शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर परिवार भनिने ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायत छन् ।

एनसेल मुख्यालयमा भएको बम विस्फोटको जिम्मा नेता सुदर्शनले लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org