ताजा समाचार

बृद्ध भत्ता ५ हजार पुर्याउछाैंः उपप्रधानमन्त्री पोखरेल

कञ्चनपुर । सरकारले यो वर्षको बजेटमा बृद्धा भत्ता बृद्धि गर्ने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बृद्धि हुने जनाएका हुन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन् ।

कञ्चनपुरको वेदकोट नगरपालिकाका चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पोखरेलले ५ वर्षभित्र सामाजकिक सुरक्षा भत्ता ५ हजार पुर्‍याउने गरी आगामी वर्षदेखि नियमित रुपमा वृद्धि गर्दै लैजाने बताए । चुनावी नारा अनुसार नै काम गर्ने प्रतिबद्धता पुरा गरेरै छाड्ने उनले दाबी गरेका छन् ।

यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि वृद्धभत्ता बढ्ने बताइसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org