ताजा समाचार

प्रमुख जिल्ला अधिकारीमाझ भ्रष्टाचार महङ्गी र लुटतन्त्रका विरुद्ध तरुण दल दाङले बुझायो ज्ञापन पत्र

काठमाडौं । मुलुकमा बढदै गएको भ्रष्टाचार महंगी र कुशासनका बिरुरुद्ध नेपाल तरुण दलले देशब्यापीका रुपमा संर्घष कार्यक्रम शुरु गरेको छ ।

झण्डै ७० अर्व भन्दा बढी एनसेलले बुझाउने कर कुनैपनि बहानामा आलटाल नगरी असुल गर्न ओली सरकारलाई तरुणदलले आग्रह गरेको छ ।

एनसेलसङ्ग कर असुल नगर्ने कार्य गरे त्यो राष्ट्रघाती कदम हुने र तेस बिरुद्ध आन्दोलन छेड्ने चेतावनी समेत दिएको छ । आज आईतबार ६ बुँदे ज्ञापन पत्र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा बुझाएको नेपाल तरुण दलले जनाएको छ ।

नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय घोराही दाङमा पुगेको तरुण युवाले प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारको जमीन नेकपाका महासचिब बिष्णु पौडेल लगायतकले आफ्नो नाममा बनाउनु वाईडवडी खरीद प्रकरणमा नेकपाका नेताको संलग्नता हुनु,मेलम्ची खानेपानि आयोजना असफल हुनु लगायतका कार्य वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको कुशासनको पराकाष्टा भएको आरोप नेपाल तरुण दलले लगाएको छ । बढ्दै गएको भ्रष्टाचार,महंगी,अन्याय एबम अत्याचार बिरुद्ध तरुण दलले वर्तमान सरकारलाई खवरदारी गरीरहने अध्यक्ष घर्तीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org