जेठ ३ मा वर्षा राउत भर्षेस बर्षा सिवाकोटीको भिडन्त
काठमाडौं – नेपाली फिल्ममा अभिनेत्रीको भाग्य फिल्मको कमाइ र सफलतासँग जोड्ने गरिन्छ । अभिनेत्री वर्षा राउत र बर्षा सिवाकोटीका हकमा यो तुलनात्मक विश्लेषण हुने गरेको छ ।
यी दुई अभिनेत्रीलाई एक अर्कोको प्रतिस्पर्धीका रुपमा समेत चर्चा गर्ने गरिन्छ । सायद त्यसैले पनि होला यी अभिनेत्रीलाई एकै फिल्ममा देख्न पाइन्न । तर एकले छोडेको फिल्म अर्कोले गर्न भने तयार रहन्छन् ।
एकै फिल्म देख्न नपाइएका यी दुई अभिनेत्री बिच भने ब्यवसायिक प्रतिस्पर्धा हुने भएको छ । आगामी जेठ ३ गतबाटे रिलिज हुन लागेका दुई फिल्म ‘वीर बिक्रम २’ र ‘जात्रौ जात्रा’ मार्फत यी दुबै बर्षा बिच प्रतिस्पर्धामा हुने देखिएको हो ।
‘वीरविक्रम–२’ मिलन चाम्सको निर्देशन रहेको फिल्म हो । फिल्ममा बर्षा सिवाकोटी, पल शाह, नाजीर हुसेन, बुद्धि तामाङलगायतको मुख्य भुमिका रहेको छ ।
चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन्, भने रञ्जिता शिवाकोटी सह–निर्माता रहेकी छन् ।
‘जात्रौ जात्रा’ भने प्रदीप भट्टराइले निर्देशन गरेको फिल्म हो । विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानिया, दयाहाङ राई, बर्षा राउतको अभिनय रहेको छ ।
एकै मितिमा प्रदर्शनमा आउने यी दुई फिल्म रिलिज लिएर भागवन्डा अनुमान गर्ने हो भने ‘जात्रै जात्रा’ले हल तथा दर्शक बढी पाउने अनुमान धेरैको छ ।
चलचित्र भवनले पनि ‘वीर बिक्रम २’को तुलनामा ‘जात्रै जात्रा’लाई बढी शो दिने अनुमान गर्न सकिन्छ । दुवै सिक्वेल भए पनि ‘जात्रै जात्रा’को अघिल्लो सिक्वेलले ‘वीर विक्रम’ भन्दा बढी चर्चा र पैसा कमाउ सफल भएको थियो । प्रचारको कुरो गर्ने हो भने जात्रै जात्रा भन्दा ‘वीर बिक्रम २’ अगाडि रहेको छ ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...