ताजा समाचार

समाज कल्याण भवन ‘ग्रीन हाउस’मा सरे उपराष्ट्रपति पुन

काठमाडौं । काठमाडौं । उपराष्ट्रपतिको गैह्रीधारामा रहेको सरकारी निवास सरेको छ ।

उपराष्ट्रपतिको सरकारी निवास लैनचौरस्थित ‘ग्रीन हाउस’ मा सरेको हो ।

उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर नयाँ भवनमा सरेका उनको सचिवालयले जानकारी दिएको छ । गत वर्ष भदौ २१ गतेको बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

त्यसपछि वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीनहाउस’नामाकरण गरिएको पुनको सचिवालयले जानकारी दिएको छ ।

उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्नेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिको निवास निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org