ताजा समाचार

प्रचण्ड भन्छन्, कम्युनिष्ट भन्नेले हात उठाएर भन्नू पर्‍यो हामी समाजवादी कित्ता की पुँजीवादी कित्तामा ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले समाजवादी कित्ता तर्फ बएका सँग एकता गर्दै श्रमिकको हक सुनिश्चित गर्ने गरि समाजवादको आधार निर्माण गर्ने बताएका छन् ।

बुधबार १३० औं मजदूर दिवसमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले आफू समाजवादी कित्तामा हो कि पुँजीवादी कित्तामा हो स्पष्ठ भएर मात्रै अगाडी बढ्न अनुरोध गरेका छन् ।

समाजवादी कित्ता र पुँजीवादी कित्ताबारे गहन छलफल र बहसको जरुरी भएको जिकिर गर्दै प्रचण्डले भने, ‘हात उठाएर भन्नुपर्‍यो समाजवादी कित्तामा हो कि पुँजीवादी म भनेर ? ‘हामी समाजवादी हौं । पुँजीवादी कित्तासँग एकता गरेर शक्ति र तागत हुँदैन।’

समाजमा अहिले समाजवाी र पुँजीवादी कित्ता भन्दा अरु नभएको दाबी समत गरेका छन् । पुजीवादी शक्तिसँग एकता गरेर अगाडी बढ्न खोजेमा मात्रै कम्युनिष्ट कार्यशैली नै धरापमा पर्ने भन्दै प्रचण्डले दृढतापूर्वक समाजवादी कित्तामा अडिग रहेर काम गर्नुको विकल्प नरहेको जनाइएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org