ताजा समाचार

नयाँ शक्ति-फोरम एकता अन्तिम चरणमा, जुङ्गाको लडाई यसरी मिलाइयो !

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ ।

फोरम निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष दिने गरि एकताको तयारी अन्तिम चरणमा पुर्याइएको हो । तर, पछिल्लो समय एकताको तयारी अन्तिम चरणमा पुगेपनि एकता प्रक्रिया नै भाँडिएको भन्दै यस पटक भने गोप्य राख्न खोजिएको छ ।

पार्टीमा दुईजना अध्यक्ष राखेर अगाडी बढ्ने मोटाोटी सहमति जुटेको ती नेताले जनाएका छन् । जसमा संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

यद्यपी पार्टीको नामबारे भने समाजवादी राखेर जाने भन्ने बारेमा छलफल जारी रहेको तर अन्तिममा नमिल्ने देखिएका नयाँ थप्न सकिने ती नेताले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org