ताजा समाचार

देउवा भन्छन्- सरकार बकम्फुसे कुरा गर्दै छ, काम मैले गरे प्रचार आफैले गरेजस्तै गरि गर्दैछ

काठमाडाैं । सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राणा कालदेखि चलेको इष्टिमोरलाई आफ्नै जस्तो गरेर उडन्ते प्रचार गरेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

न्यानो स्याटलाइट आफ्नो पालामा सुरु भएको कार्यक्रम भएको भन्दै उनले भने, ‘यो सरकारले आफैंले अन्तरिक्षमा पठाएको जस्तो बकम्फूसे दाबी गरेको छ ।’ भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै उनले यो अनुदानमा मात्र बन्नुपर्ने बताए ।

छलफलको क्रममा बोल्दै सभापति देउवाले सरकार अत्यन्तै कमजोर ढंगले अगाडी बढेको भन्दै परराष्ट्र नीतिमा समेत सरकार फेल भएको दाबी गरेका छन् । आक्रोशित मुद्रामा प्रस्तुत भएका देउवाले सरकारसँग उचित ज्ञान नभएको भन्दै राष्ट्रपतिलाई बेलायति महारानी जस्तै गरेर प्रस्तुत गगर्न खोजेको आरोप समेत लगाएका छन् ।

सभापति देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम संशोधन गरेर अगाडी नबढे देशको स्थिति झनै गम्भीर बन्ने दावी समेत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org