ताजा समाचार

प्रचण्डले दोश्रो पटक विवाह गर्ने हल्ला निराधार, विवाहको ५० औं वर्षगाँठ सामान्य चियापान गरेर मनाइने

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले फेरि विवाह गर्ने भनेर आएको समाचार गलत सावित भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्ड र पत्नी सिता दाहालबीच वैवाहिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरिने भएको हो ।

तर, मिडियामा प्रचण्डले दोश्रो विवाह गर्ने भन्दै सिता दाहालको सिउदोमा फेरि सिन्दुर हालिदिने समाचार प्रकाशनमा आएका थिए ।

लुम्बिनी भ्वाइससंगको कुराकानीमा प्रचण्डकी छोरी तथा निजि सचिव गंगा दाहालले भनिन, विवाह गर्ने भनेर समाचारमा आएजस्तो कुरा होइन । आमा-बुवावीच वैवाहिक सम्बन्ध स्थापित भएको ५० औ वर्ष पुगेकाले सामान्य चियापानको आयोजना गरेर मनाउने तयारी थालेका हौ । तर, कुन ठाउँमा गर्ने भनेर फिक्स समेत भएको छैन ।

कक्षा १० मा पढ्दै गर्दा २०२६ सालमा प्रचण्डले सीतासँग बिहे गरेका थिए । जन्मदिन, विवाहकाे वर्षगांठ जस्ता विशेष दिनहरुमा प्रचण्डले खासै चासाे दिने गरेका छैनन् । तर, पत्नी सीता दाहालकाे खुसी र सामाजिक परम्परा अनुसार पनि विवाहको ५० औं वर्षगाँठलाई विशेष महत्व दिईने भएकाेले प्रचण्ड सामान्य कार्यक्रम आयोजना गर्न सहमत भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org