ताजा समाचार

ढिलो चाँडो हुन सक्छ, विप्लवजी पनि नेकपामा जोडिनुको विकल्प छैनः अध्यक्ष प्रचण्ड

काठमाडाैँ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन्।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई नेकपा प्रवेश गराएका हुन्।

ढिलो चाँडो विप्लव पनि नेकपामा जोडिनै पर्ने दावी गरेका छन् । विप्लव समूहको पोलिट्ब्युरो सदस्य पदम राईलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले विप्लव नेकपामा आउनै पर्ने बताए ।

अध्यक्ष प्रचण्डले नेकपा प्रवेश गरेका नेता राईलाई पार्टीमा उचित स्थान र उपयुक्त जिम्मेवारी दिने बताए।

उनले विप्लव नेतृत्वमा रहेका अन्य नेता तथा कार्यकर्तालाई पूर्वाग्रह नराखीकन मुलधारमा फर्कन आग्रह समेत गरे।

सबै कम्युनिस्ट एक हुनुको विकल्प नरहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘एकताको विकल्प छैन, एकदिन विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org