ताजा समाचार

सोलुखुम्बुको गुदेलमा विप्लवको सैन्य तालिम केन्द्र ?

काठमाडाैँ । सरकारको प्रतिबन्धमा परेपछि भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले सोलुखुम्बुमा तालिम केन्द्र चलाएको खुलेको छ।

जनयुद्धकालमा तत्कालीन माओवादीले नै सेल्टरका रुपमा प्रयोग गर्दै आएको जिल्लाको महानुकुलङ गाउँपालिका वडा नम्बर ४ र ५ अन्तर्गतको गुदेलस्थित जंगलमा विप्लवले सैन्य तालिम चलाएको दाबी सुरक्षा स्रोतले गरेको छ।
विप्लवले गुदेलको जंगलमा तालिम केन्द्र चलाएको सूचना डेढ महिनाअघि नै सदरमुकाम सल्लेरीस्थित सुरक्षानिकायलाई आएको थियो।

सल्लेरीबाट २५ कोष टाढाको महाकुलुङ गाउँपालिकास्थित घना जंगलमा विप्लवले तालिम केन्द्र चलाएको सूचना पाएपछि डेढ अघिदेखि उक्त क्षेत्रमा सशस्त्र प्रहरीको टोली परिचालित गरिएको थियो।

‘विप्लव समूहले गुदेलमा सैन्य तालिम चलाएको सूचनाका आधारमा त्यस क्षेत्रमा सशस्त्र प्रहरी ‘मूभ’ गरेका थियौँ’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकारी भन्छन्, ‘उनीहरुलाई त्यस क्षेत्रबाट हटाउने रणनीति अनुसार सशस्त्र प्रहरी पठाइए पनि तालिम केन्द्र रहेको जंगलसम्म पुग्‍न सकेका थिएनन्।

सदरमुकामस्थित सुरक्षानिकायलाई महाकुलुङका स्थानीयले गुदेलको जंगलमा सैन्य तालिम भइरहेको सूचना दिएका थिए। ‘स्थानीयबासीले तालिम गर्दै गरेको जानकारी पहिले नै दिएका थिए’, सोलुखुम्बुस्थित एक सुरक्षा अधिकृत भन्छन्, ‘सशस्त्रको टोलीले त्यो घना जंगला छिचोल्न नसकेर फर्कियो।

दुई चार दिन गुदेलमा बसेको थियो सशस्त्रको टोली।’ स्थानीयबासीले महाकुलुङमा गतिविधि गर्ने विप्लवका कार्यकर्ता अन्य जिल्लाका भएको बताएका छन्।

विप्लवका कार्यकर्ताले तालिम गरिरहेको सूचनापछि उच्च सतर्कता अपनाइएको दाबी एक प्रहरी अधिकृतले गरेका छन्। दूधकोसीबाट गाडी जाँदैन

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org